Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रचण्डले भारत भ्रमणबारे संसदलाई जानकारी गराउनुपर्छ : सांसद सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले भारत भ्रमणका विषयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदलाई जानकारी गराउनुपर्ने माग गरेको छ ।

प्रचण्ड भारत भ्रमणमा रहँदा प्रधानमन्त्री पत्नी आरजु राणा पनि भारतमै रहेको र त्यही बेला भारतीय पक्षले नेपाली भूमि मिच्ने क्रम बढाएको दाबी गर्दै सांसद प्रेम सुवालले प्रचण्डले भारत भ्रमणबारे जानकारी गराउनुपर्ने बताएका हुन् ।

उनले भने ‘सरकारी अधिकारीहरु र नेताहरु जति जति भारत भ्रमणमा जान्छन् त्यति त्यति भारतीय पक्षले नेपालको भूमिमा अतिक्रमण बढाएको छ’ ।

भारत सरकारले नेपाली भूमि मिच्ने काम पनि बढाएको र यसबारे माओवादी अध्यक्षले संसदमा बोल्न दिनु जरुरी रहेको सुवालले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077