Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सीसीटीभी फुटेज प्रकरण : जनार्दन शर्मासँग बयान लिँदै संसदीय छानबिन समिति

काठमाडौं । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मासँग छानबिन संसदीय विशेष समितिले बुधबार बयान लिँदैछ ।

बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयलमा अनधिकृत व्यक्तिको घुसपैठ र सीसीटीभी फुटेज प्रकरणमा समितिले शर्मासँग बयान लिन लागेको हो ।

बुधबार सिंहदरबारमा बस्ने समितिको बैठकमा शर्मालाई बयानका लागि बोलाइएको छ। समितिले यसअघि मन्त्रालयका अर्थ सचिव र राजस्व सचिव, सहसचिव र अन्य कर्मचारीसँग सोधपुछ गरिसकेको छ ।

समितिले सीसीटीभीको हार्डडिस्क नेपाल प्रहरीको फरेन्सिक ल्याबमा पठाउने निर्णय समेत गरेको छ।

बजेट निर्माणमा अनधिकृत व्यक्ति सहभागी भइ कुनै निश्चित समूहलाई फाइदा पुग्नेगरि करका दर हेरफेर गरेको आरोप लागेपछि छानबिनका लागि ११ सदस्यीय संसदीय समिति बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077