Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेससँगको गठबन्धन जोगाउदै वाम एकताको लागि पहल गर्ने नेकपा एसको निर्णय

काठमाडौं । नेकपा एकीकृत समाजवादीले वर्तमान पाँच दलीय गठबन्धन कायम राख्दै वाम एकताको निम्ति पहल गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको समाजवादीको ३२ औँ सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

संगठन सुदृढीकरण अभियान तदारुकताका साथ अगाडि बढाउने निर्णय गरिएको छ। समाजवादीबारे पार्टीको अवधारणा सम्बन्धी दस्तावेज तयार गर्ने पनि निर्णय गरिएको छ।

त्यस्तै, वर्तमान आर्थिक समस्याबारे एक प्रस्ताव गर्ने निर्णय भएको महासचिव बेदुराम भुसालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077