Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • सेयर बजार दोहोरो अंकले वृद्धि ,२ अर्ब ३० करोडको कारोबार

    सेयर बजार दोहोरो अंकले वृद्धि ,२ अर्ब ३० करोडको कारोबार

    अनलाइन नेपाल
  • मंगलबार, ३ साउन २०७९
  • 882
    SHARES

    काठमाडौं । मंगलबार नेप्से परिसूचक १६.२० अंकले बढेको छ। यस दिन नेप्से परिसूचक ०.८० प्रतिशतले बढेर २०४५.६३ बिन्दुमा पुगेर बन्द भएको छ।  मंगलबार नेप्सेसँगै सबै उपसूचकमा वृद्धि भएको छ । वित्त कम्पनी उपसूचक सवार्धिक २.७ प्रतिशतले वृद्धि हुँदा लघुवित्त उपसूचक १.८५ प्रतिशतले वृद्धि भएको छ ।

    सोमबार १ अर्ब ३१ करोड ३० लाखको कारोबार भएको बजारमा मंगलबार ५७ लाख १३ हजार २४८ कित्ता सेयर किनबेच हुँदा २ अर्ब २९ करोड ९३ लाखको कारोबार भएको छ । कारोबारमा आएकामध्ये शिवम् सिमेन्ट लिमिटेडको १५ करोड ९८ लाखको कारोबार भएको छ । यस्तै एभरेष्ट बैंकको १० करोड पाँच लाख र हिमालयन डिस्टिलरीको आठ करोड ४८ लाखको कारोबार भएको छ ।



    मंगरबार धेरै मूल्य बढ्नेमा इमर्जिङ नेपाल लिमिटेड रहेको छ । कम्पनीको सेयरमूल्य ८.०१ प्रतिशतले वृद्धि गणपति लघुवित्तको सेयरमूल्य ६.९४ प्रतिशतले बढेको छ । यता सिभिल बैंक डिवेञ्चर २०८८ को मूल्य ७.७५ प्रतिशतले गिरावट भएको छ । यस्तै ग्लोबल आइएमई बैंक डिवेञ्चर २०८०/८१ को मूल्य ५.७० प्रतिशतले घटेको छ ।



    सूचीकृत कम्पनीमा तारागाउँ रिजेन्सी होटेलको सेयरमूल्य ३.२६ प्रतिशतले घटेको छ । कारोबार अवधिभर १८० कम्पनीको सेयर कारोबार भएकोमा १४६ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै २९ कम्पनीको सेयरमूल्य गिरावट हुँदा ५ सूचीकृत कम्पनीको सेयरमूल्य भने स्थिर रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार