Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पानी ट्याङ्कीमा डुबेर दाजुबहिनीको मृत्यु

दैलेख । दैलेखमा पानी ट्याङ्कीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ ।

जिल्लाको दुल्लु नगरपालिका–३ सियाला बखत महतका छोरा दिनेश महत र छोरी अनिता महतको सोमबार दुल्लु लिप्टिङ खानेपानीको ट्याङ्की बोडघाटमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी भूवनेश्वर शाहका अनुसार दिनेश र अनिता दिउँसो चार बजे मृत फेला परेका हुन् ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077