Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्वअर्थमन्त्री जनार्दन प्रकरण : सीसीटीभी फुटेजबारे विज्ञसँग छलफल गर्दै संसदीय छानबिन समिति

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबनि गर्न बनेको समितिले सीसीटीभी फुटेजका विषयमा प्राविधिक तथा विज्ञसँग आज छलफल गर्ने भएको छ । आज मंगलबारदेखि सीसीटीभीसँग सम्बन्धित अन्य विज्ञसँग छलफल गरिने संसदीय छानबिन विशेष समितिले जनाएको छ ।

पूर्वअर्थमन्त्री शर्मामाथि चालु आर्थिक वर्षको बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराएको आरोप लागेको छ । त्यसपछि मात्रै समितिले पूर्वअर्थमन्त्री शर्मासँग सोधपुछ गर्ने भएको छ। अर्थसचिव मधु मरासिनी र राजस्व सचिव कृष्णहरि पुष्करसँग सोधपुछ गरेपछि समिति सीसीटीभी फुटेजमा केन्द्रित भएको हो।

सोमबारको समितिको बैठकमा अर्थ मन्त्रालयका आईटी विज्ञसँग सोधपुछ गरिएको समितिले जनाएको छ । बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयमा छानबिन गर्न गठित समितिले गत मंगलबारदेखि काम थालेको थियो। समितिले पहिलो चरणमा बजेट निर्माणताकाको सीसीटीभी फुटेज मगाएको थियो।

जेठमा बजेट निर्माण भएको कुरालाई केन्द्रमा राखेर सीसीटीभी फुटेज मगाए पनि असारको रेकर्ड भएको हार्डडिस्क उपलब्ध गराइएको छ । जेठको रेकर्ड नभएको तथा डिलिट भएको जस्ता बयान मन्त्रालयका कर्मचारीहरुले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077