Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस : सदस्यता व्यवस्थापन र लेखा समिति गठन

काठमाडौं । कांग्रेसले अनुशासन समिति र लेखा समिति, सदस्यता व्यवस्थापन समिति गठन गरेको छ । सोमबार बसेको केन्द्रीय कमिटि बैठकले उक्त निर्णय गरेको हो ।

पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बैठकले निर्वाचन केन्द्रीय परिचालन प्रचार समितिको प्रतिवेदन अनुमोदन गर्दै महामन्त्री गगन थापा संयोजकत्वमा सदस्यता व्यवस्थापन कमिटी गठन गर्ने निर्णय गरेको जानकारी दिए ।

त्यस्तै काँग्रेसले आनन्द ढुंगानाको नेतृत्वमा केन्द्रीय अनुशासन समिति गठन गरेको पनि जानकारी दिँदै श्याम घिमिरेको संयोजकत्वमा लेखा समिति गठन गरेको छ । समितिहरूको पार्टी सभापति देउवाले पूर्णता दिनेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077