Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकाको एक मलमा गोली चल्दा तीन जनाको मृत्यु

एजेन्सी । अमेरिकाको इन्डियाना राज्यको एउटा मलमा भएको बन्दुक हमलामा तीन जनाको मृत्यु भएको छ ।

आइतबार भएको सो हमलामा अन्य तीन जना घाइते भएका छन् । ग्रीनवुड पुलिसले आफ्नो फेसबुक पेजमा उक्त घटनाका प्रत्यक्षदर्शीलाई आवश्यक जानकारीका साथ विभागमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

यो आक्रमण अमेरिकामा बन्दुक हिंसाको लहरमा सबैभन्दा पछिल्लो घटना हो, जहाँ बन्दुक आक्रमणमा हरेक वर्ष ४० हजार जनाको मृत्यु हुन्छ ।

जुलाई ४ मा शिकागोस्थित एउटा परेडमा अन्धाधुन्ध गोली चलाउँदा ७ जनाको मृत्यु हुनुका साथै कम्तीमा तीन दर्जन घाइते भएका थिए । आक्रमणबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077