Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

भारत भ्रमण सोचेभन्दा सफल भयो, स्वागत प्रधानमन्त्री भएर जाँदा भन्दा फरक लागेन : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड' ले आफ्नो तीन दिनको भारत भ्रमण सफल भएको दाबी गरेका छन् ।

भारत भ्रमण सकेर स्वदेश फर्किने क्रममा आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

भ्रमण आफूले सोचेभन्दा राम्रो भएको भन्दै उनले विमानस्थलमा भारतीय जनता पार्टीका अन्तर्राष्ट्रिय विभागका प्रमुख लिन आएको र उनले भारतमा आफ्नो न्यानो स्वागत भएको दाबी गरे ।

यस्तै प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता हुने भनिएपनि अन्तिम समयमा आएर हुन नसकेको बताएका छन् । उनले भेटवार्ता के कारणले हुन सकेन भनेर आफूलाई पनि एकीन थाहा नभएको प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077