Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

स्वदेश फर्किए माओवादी अध्यक्ष प्रचण्ड

काठमाडौं । तीन दिने भ्रमण सकेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' स्वदेश फर्किएका छन् । भारतको सदभावना भ्रमण सफलतापुर्वक सम्पन्न गरी अध्यक्ष प्रचण्ड आज साँझ स्वदेश फर्किएका हुन् ।

भारतीय सत्तारूढ पार्टी भाजपाका अध्यक्ष जेपी नड्डाको निमन्त्रणमा प्रचण्ड शुक्रबार दिउँसो नयाँ दिल्ली प्रस्थान गरेका थिए ।
भ्रमणको क्रममा अध्यक्ष कमरेड प्रचण्डले इतिहासमा थाती रहेका नेपाल भारत सम्बन्धका समस्याहरुलाई जोड दिएर उठाएका थिए ।

भारतीय पक्षले पनि यसलाई सकारात्मक रुपमा लिएको प्रचण्डको सचिवालयले जनाएको छ । उनले शनिबार भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका थिए। त्यस्तै, भारतस्थित आफ्नो पार्टीका नेता कार्यकर्तासँग पनि भेट गरेका थिए। प्रधानमन्त्रीपत्नि आरजू राणा देउवासँग पनि प्रचण्डले भेटवार्ता गरेका थिए।

शनिबार नै नयाँदिल्लीमा आयोजित ‘नेपाल–भारत सम्बन्ध' विषयक एक कार्यक्रममा आफ्नो विचार प्रस्तुत गरेका प्रचण्डले भारतीय सुरक्षा सल्लाहकार अजित डोभालसँग पनि भेटवार्ता गरेका थिए । त्यसपछि उनी भाजपाका विदेश विभाग प्रमुख विजय चौथाईवालेले आयोजना गरेको रात्रिभोजमा सहभागी भएका थिए ।

यसैगरी आज आइतबार बिहान भाजपा अध्यक्ष जेपी नड्डासँग भेट गरेपछि दाहाल त्यहीँबाट स्वदेश फर्किँएका हुन् । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट हुन सक्ने बताए पनि भेट भएन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077