Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काठमाडौं महानगरमा आजबाट कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै दिन संकलन गरिँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि कुहिने र नकुहिने फोहोर छुट्याएर संकलन गर्ने भएको छ । यसका लागि महानगरले तालिका सार्वजनिक गरिसकेको छ ।

महानगरले कुहिने फोहोर सङ्कलन गर्ने दिन आइतबार र बुधबार तय गरेको छ । नकुहिने फोहोर सोमबार र शुक्रबार संकलन गर्ने जनाएको छ ।

तोकिएबमोजिम नागरिकले फोहर व्यवस्थापनका लागि सहयोग गर्नुपर्ने छ । एक महिनाअघि नै सूचना जारी गरी महानगरले फोहोर वर्गीकरण गर्नेबारे नगरवासीलाई जानकारी गराएको थियो ।

तोकिएबमोजिम नागरिकले फोहर व्यवस्थापनका लागि सहजीकरण गर्न अनुरोध गरेको छ। यसका लागि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह कुहिने र नकुहिने फोहोर छुट्याऔं भन्दै घरदैलो कार्यक्रममा निस्किएका थिए।

शनिबार बिहानै उनीसहित महानगरपालिकाको वातावरण विभागको टोलीनै घर दैलो कार्यक्रममा निस्किएको थियो । महानगरपालिकाले एक महिनाअघि नै सूचना जारी गरी फोहर वर्गीकरण गर्नेबारे नगरबासीलाई सचेत र जानकारी गराएको थियो ।

पटकपटकको सूचनालाई व्यवस्थित गरी वर्गीकरण नगरिएका फोहर बोक्ने गाडीसम्म ल्याए पुनः घरमा नै फर्काएर कारबाही स्वरूप प्रतिव्यक्ति ५०० जरिवानासमेत गर्ने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077