Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मालीको राजधानी नजिकै भएको आक्रमणमा ६ जनाको मृत्यु

एजेन्सी । मालीको राजधानी बामाको नजिकै सडक चेकपोस्टमा आक्रमण हुँदा ६ जनाको मृत्यु भएको छ । मालीको सुरक्षा मन्त्रालयका अनुसार आक्रमणमा दुई जना घाइते भएका छन्।

राजधानी बामाकोबाट करिब ७० किलोमिटर पूर्वमा रहेको जान्तिगुइलाको सडक चेकपोस्टमा बिहीबार राति हमला भएको जनाइएको छ।

आक्रमणमा मृत्यु हुनेहरुमा दुई महिला, एक प्रहरी र तीन सर्वसाधारण छन्। तर आक्रमण कसले गरेको हो भन्ने हालसम्म खुलाइएको छैन।

गत जुनको सुरुमा दक्षिणी मालीको कौटियाला सडक चेकपोस्टमा यस्तै आक्रमण हुँदा आठ जनाको मृत्यु भएको थियो भने चार जना घाइते भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077