काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले देशमा वाह्य शक्तिको चलखेल बढेको टिप्पणी गरेका छन् ।
उनले शनिबार बिहानै सामाजिक सञ्जालमार्फत संसदीय निर्वाचन नजिकिँदै गर्दा वाह्य शक्तिको चलखेल बढेको बताएका हुन् ।
महाशक्ति राष्ट्रहरु आफू अनुकुल कठपुतली तयार गर्ने होडमा रहेको समेत उनको आरोप छ । देशमा राष्ट्रवादी शक्ति निरीह बन्ने खतरा रहेको पनि थापाले औल्याएका छन् ।
उनले लेखेका छन्-संसदीय चुनाव नजिकिँदै गर्दा वाह्य शक्तिहरूको चलखेल बढेको छ। महा शक्तिहरु आफ्नो अनुकुल 'कठपुतली' तयार गर्ने होडमा छन्। दिल्ली,वेईजिङ र वाशिंगटनमा पानी पर्दा काठमाडौँमा छाता ओढ्ने जमात खोज्दै छन्। राष्ट्रवादी शक्ति निरीह बन्ने खतरा छ। नेपाली जनता सचेत बनौँ,अझै केही राष्ट्रवादी जिउँदै छन् ।'