Online Nepal
  • शुक्रबार, १८ असोज २०८१
  • धरहरामा तोकिएभन्दा बढी भुक्तानी

    धरहरामा तोकिएभन्दा बढी भुक्तानी

    अनलाइन नेपाल
  • शनिबार, ३२ असार २०७९
  • 750
    SHARES

    फाइल तस्विर

    काठमाडौं । ०७२ को भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक सम्पदा धरहरा पुनर्निर्माणका क्रममा तोकिएभन्दा बढी भुक्तानी गरिएको पाइएको छ । निर्माणमा व्यवसायीलाई बिल रकमको मूल्य अभिवृद्धि भुक्तानी खर्च लेख्नुपर्नेमा फरक ‘फ्याक्टर’ प्रयोग गरी बढी भुक्तानी गरेको पाइएको हो ।

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरण नेतृत्वमा पुनर्निर्माण जारी धरहरा प्राधिकरणको म्याद समाप्त भएसँगै सहरी विकास मन्त्रालयमातहत रहेर पुनर्निर्माण भइरहेको छ । प्राधिकरणकै नेतृत्वमा पुनर्निर्माणका क्रममा बढी भुक्तानी भएको पाइएको हो ।



    महालेखा परीक्षकको ५९औँ वार्षिक प्रतिवेदनले ३१ लाख ६० हजार र त्यसको मूल्य अभिवृद्धि कर ४ लाख ११ हजार गरी ३५ लाख ७० हजार निर्माण व्यवसायीबाट असुल गर्नुपर्ने देखिएको औँल्याएको छ ।



    प्रतिवेदनअनुसार मन्त्रिपरिषद्को ११ माघ २०७७ मा निर्णयमा निर्माण समयावधि थप भएबापत सरकारलाई समय थप अवधिमा ‘कुनै आर्थिक व्ययभार नहुने’ उल्लेख छ । सोही आधारमा पुनर्निर्माण प्राधिकरणले धरहरा निर्माणमा २० असोज २०७७ देखि १५ पुस २०७८ सम्म पटक पटक म्याद थप गरेको प्रतिवेदनमा उल्लेख छ । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार