Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रस्तावित अमेरिकी राजदूतको अभिव्यक्तिप्रति चीनको आपत्ति, भन्यो - थम्प्सनको भनाई ‘आधारहीन’

काठमाडौं । नेपालस्थित चिनियाँ दूतावासले, नेपालका लागि प्रस्तावित अमेरिकी राजदूत डिन थम्प्सनले अमेरिकी सिनेटमा एमसीसीलाई चीनसँग जोडेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । चिनियाँ दूतावासले आफ्ना प्रवक्तामार्फत शुक्रबार त्यसको खण्डन गर्दै प्रस्तावित राजदूत थम्प्सनको अभिव्यक्ति ‘आधारहीन’ भएको जनाएको हो ।

अमेरिकी सिनेटको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बुधबार भएको सुनुवाइमा आफ्नो धारणा राख्दै थम्प्सनले नेपालले चीनको दुष्प्रचारका बाबजूद एमसीसी अनुमोदन गरेको अभिव्यक्ति दिएका थिए । ‘फेब्रुअरीमा नेपालको संसदले ५० करोड डलर बराबरको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) चीनको उग्र दुष्प्रचार अभियानका बाबजूद अनुमोदन गर्‍यो,’ थम्प्सनले भनेका थिए ।

थम्प्सनको उक्त अभिव्यक्तिको खण्डन गर्दै चिनियाँ दूतावासले ध्यानाकर्षण भएको बताएको छ । त्यस्तो विषय पूर्णतया आधारहीन रहेको चीनको भनाइ छ । ‘अमेरिकी पक्षको टिप्पणी पूर्णतया आधारहीन छ। उनीहरुले चीनलाई मात्र बदनाम गरेका छैनन्, नेपाल र नेपाली जनतालाई पनि आक्रोशित बनाएका छन्,’ दूतावासले भनेको छ, ‘यो पूर्णतः गलत सूचना रहेको छ। चीनले यसलाई स्वत खारेजी गर्दछ ।’

चिनियाँ दूतावासले एमसीसीले नेपालमा चर्को बहस गराएको भन्दै यो नेपालको संविधानभन्दा माथि नरहेको र व्याख्यात्मक घोषणासहित पारित गरेको स्मरण गराएको छ । दूतावासले अन्तर्राष्ट्रिय सहायता लिँदा परस्पर सम्मान र समानताको आधारमा सम्बन्धित देशको सार्वभौमसत्ता र नागरिकको सम्मान गर्ने र आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने तथा कूटनीतिक दबाब हुनु नहुनेमा चीन प्रतिबद्ध रहेको उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077