Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रचण्ड दिल्लीमा : आज र भोलि उच्चस्तरीय वार्ता गर्दै

काठमाडौं । भारत भ्रमणमा पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आज र भोलि उच्चस्तरीय भेटवार्ता गर्दै छन् ।

सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणमा शुक्रबार अपराह्न नयाँ दिल्ली पुगेका प्रचण्ड शनिबार बिहान दिल्लीस्थित नेपाली दूतावासले आयोजना गरेको 'ब्रेकफास्ट'मा सरिक हुनेछन् ।

यस्तै आज प्रचण्ड र भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नड्डाबीच भाजपा मुख्यालयमा भेटवार्ता हुने तय भएको छ ।

प्रचण्डले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशमन्त्री एस जयशङ्करसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रचण्डले भोलि बिहान भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । हिजो भारत गएका प्रचण्ड भोलि स्वदेश फर्कंने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077