काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले उपसभामुख पदका लागि हुने निर्वाचनमा कसैलाई पनि मत नदिने भएको छ ।
उपसभामुख पदका लागि प्रतिनिधि सभामा परेका प्रस्तावमाथि दलीय आधारमा धारणा राख्दै नेमकिपाका सांसद प्रेम सुवालले कसैलाई पनि मत नदिने बताएका हुन् ।
‘संसद र सरकार प्रभावकारी भएन, प्रजातन्त्र विपरित कामको विरोधमा
उपसभामुख पदको निर्वाचनमा नेमकिपाले मत नदिने निर्णय भएको जानकारी गराउँछु’, सुवालले घोषणा गरे ।