Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

शुक्रबार सेयर बजारमा सामान्य सुधार

काठमाडौं । आज शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सामान्य सुधार आएको छ । कारोबार सुरू भएको समयमा केही अंकले घटे पनि अन्तिम समयमा ७ अंकले सुधार हुँदै नेप्से बढेर बन्द भएको हो ।

आज १ अर्ब ४५ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएर ४० लाख ५१ हजार कित्ता सेयर किनबेच भएको छ । नेप्से परिसूचक ७ अंकले बढेर परिसूचक २००९ अंकमा पुगेको छ ।

यसक्रममा ८ समूहमा गिरावट आएको छ । अन्य समूह २५ अंक, होटल एण्ड टुरिजम समूहमा २० अंक, जलविद्युत समूहमा १७ अंकको गिरावट आउँदा उत्पादनमूलक समूह १४ अंक घटेको छ ।

यसैगरी, लघुवित्त समूहमा ६८ अंकको सुधार आउँदा जीवन बीमा समूह ३८ अंकले बढेको छ । यसैगरी, बैंक समूहमा १८ अंकको सुधा आएको छ भने विकास बैंक समूह ५ अंक र म्युचुअल फण्ड समूहमा ०.२२ अंकको सुधार आएको छ । नेप्से सामान्य अंकले बढ्दा माछापुच्छ्रे बैंकको डिबेञ्चरको मूल्य १० प्रतिशत र नेपाल इन्भेष्टमेन्ट डिबेञ्चरको मूल्य १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077