Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • एम अधिकारी प्रकरणमा एमालेको स्पष्टीकरण- सार्वजनिक पद धारण गरेका व्यक्तिहरु विभागमा छैनन्

    एम अधिकारी प्रकरणमा एमालेको स्पष्टीकरण- सार्वजनिक पद धारण गरेका व्यक्तिहरु विभागमा छैनन्

    अनलाइन नेपाल
  • बिहिबार, ३० असार २०७९
  • 885
    SHARES

    काठमाडौं । नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्यको सूचीमा रहेका एम अधिकारी गर्भनर नरहेको एमालेले स्पष्टीकरण दिएको छ ।

    एमालेले गभर्नर महाप्रसाद अधिकारीलाई स्पष्ट पारिएको व्यहोराको पत्र पठाउँदै सार्वजनिक पद धारण गरेका व्यक्तिहरु एमालेको विभागमा नराख्ने वैधानिक व्यवस्था रहेको उल्लेख गरेको हो।



    आफ्नो नाम जोडर प्रचार भइरहेको भन्दै महाप्रसाद अधिकारीले एमाले केन्द्रीय कार्यालयलाई पत्र लेखी आफू कुनै पनि पार्टीको सदस्य नरहेको कुरा स्पष्ट पारिदि आग्रह गरेका थिए ।



    तर, स्पष्टीकरण पत्रमा एम अधिकारी गर्भनर होइनन् भनिए पनि अरु केही बताइएको छैन । पार्टीको कार्यकर्ता गर्भनर हुन नसक्नै भन्दै सत्ताको नेतृत्व गरिरहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतले अधिकारीको राजीनामा मागिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार