Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

स्मार्ट लाइसेन्स छाप्ने मेसिन एक वर्ष नहुँदै बिग्रियो

काठमाडौं । करिब ३ करोडमा किनेको स्मार्ट सवारी चालक अनुमतिपत्र लाइसेन्स छाप्ने मेसिन एक वर्ष नहुँदै बिग्रिएको छ ।

यातायात व्यवस्था विभागले चार थान स्मार्ट कार्ड प्रिन्टर खरिद गर्नका लागि एक कम्पनीसंग १५ अक्टोबर २०१७ मा अमेरिकी डलर २ लाख ४४ हजारको सम्झौता भएको थियो ।  करिब ३ करोडमा किनेको स्मार्ट सवारी चालक अनुमतिपत्र लाइसेन्स छाप्ने मेसिन एक वर्ष नहुँदै बिग्रिएको पाइएको हो ।

महालेखा परीक्षकको ५९औं प्रतिवेदनले वारेन्टी दिएर किनएको मेसिनको मर्मत पनि नगरिएको औल्याएको छ । महालेखाका अनुसार प्रिन्टरको २४ फेब्रुअरी २०१९ मा जारी गरेको स्वीकार्य प्रमाणपत्रमा वारेन्टी अवधि ३ वर्ष उल्लेख छ ।

प्राविधिक स्पेसिफिकेसनमा समेत वारेन्टी अवधि ३ वर्ष उल्लेख गरी खरिद सम्झौता भएको देखिएकोले स्वीकार्य प्रमाणपत्रमा जारी मितिले वारेन्टी अवधि २४ फेब्रुअरी २०२२ सम्म अवस्था थियो । तर ४ थान स्मार्ट कार्ड प्रिन्टर २०२० देखि नै बिग्रिएको महालेखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077