Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमालेबाट विद्या भट्टराई उपसभामुखको उम्मेदवार

काठमाडौं । नेकपा एमालेबाट प्रतिनिधिसभाको उपसभामुखमा विद्या भट्टराईले उम्मेदवारी दर्ता गरेकी छन् ।

यसअघि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) की उम्मेदवार चन्दा चौधरीलाई सहयोग गर्ने बताएपनि अन्तिममा एमालेले आफ्नै उम्मेदवार उठाएको हो ।

भोलि हुने निर्वाचनका लागी अन्तिम अवस्थामा लोसपा पनि गठबन्धनमा उभिने भएपछि एमालेले आफ्नै उम्मेदवार तयार पारेको बताएको छ ।यसअघि लोसपाले उम्मेदवारी दिने हुँदा एमाले उम्मेदवारी नदिने पक्षमा रहेपनि लोसपाले उम्मेदवारी नदिने भएपछि भट्टराईलाई अघि सारेको हो ।

आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयनको समय छ । आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077