Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पहिरो प्रभावितको उद्धार, राहत र बासस्थानको व्यवस्था मिलाउन गृहमन्त्री खाँणको निर्देशन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले गोरखाको आरुघाट गाउँपालिका–१ श्याम्चेतमा वर्षाका कारण माथिबाट पहिरो खसेर विस्थापित भएकाको तत्काल उद्धार, राहत र तत्कालका लागि बासस्थानको व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

गृहमन्त्री खाँणले गृह प्रशासन, मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा, गोरखाका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्य र जिल्लाका सुरक्षा निकायलाई पहिरोबाट विस्थापितको उद्धारमा कमी हुन नदिन निर्देशन दिएका हुन् ।

पहिरोले स्थानीय वीरबहादुर गुरुङलगायतको घर पुरेको र गाउँको दुवै तिरबाट पहिरो आएकाले गाँउ नै जोखिममा रहेको खबर आएको प्रजिअ आचार्यले जानकारी दिए ।

पहिरोबाट विस्थापितलाई उद्धार गर्न बुधबार साँझ नै प्रहरी र सशस्त्रको टोली घटनास्थल पुगिसकेको प्रजिअ आचार्यले बताए । पहिरोले ६ घर पुरेको छ । मानवीय क्षति भने भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077