Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • जसपा औपचारिक विभाजनतिर उन्मुख, उपेन्द्र पक्षीय बैठक वीरगन्जमा बस्दै

    जसपा औपचारिक विभाजनतिर उन्मुख, उपेन्द्र पक्षीय बैठक वीरगन्जमा बस्दै

    अनलाइन नेपाल
  • बुधबार, २९ असार २०७९
  • 1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । विवाद उत्कर्षमा पुगेका बेला जनता समाजवादी पार्टी (जसपा) को अध्यक्ष उपेन्द्र यादव पक्षीय केन्द्रीय समितिको बैठक बस्दै छ ।

    संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले मंगलबारदेखि काठमाडौंमा केन्द्रीय समितिको विस्तारित बैठक सुरु गर्दा अध्यक्ष उपेन्द्र यादव पक्षको छुट्टै बैठक आज वीरगञ्जमा सुरु हुन लागेको हो ।



    बैठकका लागि अध्यक्ष यादवसहितका नेताहरू मंगलबार नै वीरगञ्ज पुगिसकेका छन् भने देशका विभिन्न क्षेत्रबाट नेतारकार्यकर्ता पुग्ने क्रम जारी छ। यता, भट्टाराई पक्षको बैठक बुधबार पनि जारी रहनेछ ।



    मधेस क्षेत्रबाटै उदाएको भए पनि उपेन्द्र यादव नेतृत्वको पार्टीले आफ्नो राजनीतिक गतिविधिलाई काठमाडौंमै केन्द्रित गर्दै आएको थियो । दुई अध्यक्ष यादव र भट्टराईबीचको विवादले जसपा औपचारिक विभाजनतिर उन्मुख भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार