Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सडकको १४ लाख अनियमितता, प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । डोटीको सायल गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज सापकोटासहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकृत नवराज सापकोटा, तत्कालीन इन्जिनियर किरण सागर भण्डारी, वडाअध्यक्ष गणेश बहादुर बोगटी, उपभोक्ता समितिका अध्यक्ष दली डुम्रेल,सचिव पदम बहादुर खाती, कोषाध्यक्ष डोल्मा कुमारी खड्का र लेखापाल दीपक कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनीहरुले मेल्लेख चनपन्ना सडकको काम नै नगरी मिलेमतोमा रकम भुक्तानी दिई आर्थिक अनियमितता गरेको अख्तियारले जनाएको छ ।

उनीहरुलाई १४ लाख ३४ हजार बिगो माग दावी गरि बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077