Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जसपाका बहुमत सदस्य आफूसँग रहेको बाबुरामको दाबी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले वैधानिक बैठक आफूले राखेको बताएका छन् ।

मंगलवार काठमाडौंमा आफूपक्षीय केन्द्रीय परिषद् सदस्यहरूलाई सम्बोधन गर्दै  भट्टराईले अहिले पनि बहुमत सदस्य आफूहरूसँग रहेको दाबी गरेका हुन्।

आफू पक्षको केन्द्रीय समिति बैठकमा बोल्दै भट्टराईले विचार संगठन जोगाएर ल्याएकाले वैधानिक बैठक समेत आफ्नो भएको बताए ।

मंगलवारको बैठकमा ४६ प्रतिशत केन्द्रीय सदस्य उपस्थित रहेका छन् । जसपाको ४९९ सदस्यीय केन्द्रीय समितिका २३० जना उपस्थित रहेका भट्टराई पक्षले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077