Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उपभोग्य वस्तुको मूल्य घटाउन सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले दैनिक उपभोग्य वस्तुको मूल्य घटाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद विश्वकर्माले महँगीका कारण जनता आक्रान्त भएको बताएका हुन् ।

दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धिका कारण जनताको जीवनयापनमा समेत असर पर्न थालेकाले मूल्यवृद्धि घटाउनका लागि सरकारले ध्यान दिनुपर्ने सांसद विश्वकर्माले बताए ।

सांसद विश्वकर्माले ठेकेदारहरुको ढिलासुस्ती र लापरबाहीका कारणले कतिपय विकास निर्माणका कामहरु रोकिएको भन्दै उनीहरुलाई सरकारले कडाइपूर्वक काम लगाउन ध्यान दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077