Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कुटपिटबाट बैतडीमा एक जनाको मृत्यु

बैतडी । कुटपिटबाट बैतडीमा एक जनाको मृत्यु भएको छ ।  जिल्लाको पुर्चौडी नगरपालिका-३ ढुङ्गाबिसौनाका ४५ वर्षीय गोविन्द पार्कीको कुटपिटबाट मृत्यु भएको हो ।

सोही ठाउँका ४६ वर्षीय पुरन बहादुर बोहराको कुटाइबाट पार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

असार २५ गते राती बोहराले कुटपिट गरी घाइते बनाएको र हिजो स्थानीय गोकुलेश्वर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

मृतक पार्कीको शव पोष्टमाटमपछि आफन्तलाई बुझाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077