Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शर्मामाथि छानबिन गर्न बनेको संसदीय समितिको बैठक बस्दै

काठमाडौं । विवादीत पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्नका लागि गठित संसदीय विशेष समितिको पहिलो बैठक आज बस्ने भएको छ ।

मंगलबार दिउँसो सिंहदरबारस्थित संघीय संसद सचिवालयमा बैठक बस्ने भएको हो । बैठकमा समितिको कार्यविधि र सभापति चयन गर्ने कार्यसूची रहेको छ ।

लक्ष्मणलाल कर्णको अध्यक्षतामा बस्ने बैठकले सुरुमा समितिको कार्यविधि पारित गर्नेछ । कार्यविधिको खाका तयार पारिएको र त्यसमाथि छलफल भएपछि त्यसलाई पारित गर्ने र सभापति चयन गर्ने आजको बैठकको तयारी छ ।

तत्कालीन अर्थमन्त्री शर्मालाई जेठ १४ मा आगामी आर्थिक वर्षको बजेटका करका दर हेरफेर गर्ने क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएको आरोप लागेको थियो । त्यो घटनामाथि छानबिन गर्नका लागि प्रतिनिधिसभाले संसदीय विशेष समिति गठन गरेको छ । असार २२ गते गठित समितिमा ११ सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077