Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

चीन विरोधी गतिविधि गर्न नदिन प्रतिबद्ध छौँः प्रचण्ड, लिउ भन्छन् – आफ्नो बारेमा आफैँ फैसला गर्नुपर्छ

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भेटेका छन् । प्रचण्डलाई उनकै निवास खुमलटारमा गएर जियान्चाओले भेटेका हुन् ।

भेटका क्रममा जियान्चाओले खुसी व्यक्त गरेका थिए । जियन्चाओले नेपाल र नेपाली राजनीतिक दलको मामलामा हस्तक्षेप गर्ने आफूहरूको नीति पनि नरहेको बताएका छन् ।

राजनीतिक पार्टीहरूले आफ्नो निर्णय आफैँ गर्ने क्षमताको विकास गरोस् भन्नेमा आफू रहेको जियान्चाओ बताए । यस्तै प्रचण्डले नेपालको भूमि भएर चीन विरोधी गतिविधि गर्न नदिन सरकार र पार्टी प्रतिबद्ध रहेको बताएका छन् ।

'राजनीतिक पार्टीहरू एकचीन नीतिप्रति प्रतिबद्ध रहेको र चीनलाई एउटा असल छिमेकीको रूपमा स्वीकार गर्ने कुरामा एकै ठाउँमा रहेको विचार व्यक्त गर्नुभयो । नेपालको विकासमा चीनले जुन सहयोग गर्दै आएको छ,' प्रचण्डले भने,'त्यसप्रति धन्यवावाद व्यक्त गर्नुभयो । कतिपय चीनले सहयोग गर्नुपर्ने ठोस विषयमा चीन सरकार र कम्युनिस्ट पार्टीको ध्यानाकर्षण गर्नुभयो ।'

त्यसैगरी प्रचण्डले चीन सरकार र चिनियाँ कम्युनिस्ट पार्टीसँग सहयोगका लागि पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077