काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिनुपर्ने बताएका छन् ।
पार्टीको केन्द्रीय समितिको बैठकका सानेपा पुगेका नेता कोइरालाले सरकारले राष्ट्रिय सभामा दर्ता गराएको संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिनुपर्ने बताएका हुन् ।
उनले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याउँदा पनि गलत प्रक्रिया भयो भनेर विरोध गरेको भन्दै त्यो विधेयक लैजानु नहुने बताए ।
उनले भने, ‘ओलीजीको पालामा संवैधानिक परिषद्सम्बन्धी विधेयक ल्याउँदा कांग्रेसले यो गलत प्रक्रिया हो, यो ल्याउनु हुँदैन भनेको थियो । आज फेरि आफैँले ल्याउन मिल्दैन ।’
नेता कोइरालाले नागरिकतासम्बन्धी विधेयकमा राजनीति गर्न नहुने पनि बताए ।