काठमाडौं । कांग्रेस नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवाले आफ्नो पछाडि सुराकी खटाएको बताएका छन् ।
सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा उनले सभापति देउवाले एकलौटी ढंगले पार्टी चलाएको र आफ्नो पछाडि सुराकी खटाएको बताएका हुन् ।
महाधिवेशन प्रतिनिधिको भावनाविपरीत पार्टी चलाएको उल्लेख गर्दै कोइरालाले भने, ' महाधिवेशनमा हामीलाई ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले मत दिएका हुन्।
सभापतिजीले ती ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको भावनाविपरीत प्रतिस्पर्धीलाई निरन्तर अन्याय गरिरहनुभएको छ। महाधिवेशनपछि सभापतिजीले पार्टी एकलौटी ढंगले चलाउनु मात्र भएको छैन, मेरो पछाडि सुराकी खटाउनुभएको छ।
'स्थानीय चुनावमा पनि मेरो पछाडि सभापतिजीले खटाउनुभएका सुराकी थिए ।'