काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ताको माग गरेका छन्।
सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समिति बैठक बस्नुअघि पत्रकारहरूसँग कुरा गर्दै कोइरालाले अहिलेको विधेयकमा भएका प्रावधान गलत भएकाले त्यो अघि बढाउन नसकिने बताएका हुन्।
ओली सरकारले ल्याएको अध्यादेशको पनि हामीले विरोध गरेको र अहिले आएको विधेयक पनि अघि बढाउन सकिने खालको रहेको कोइरालाले बताए ।
सरकारले संवैधानिक परिषद्सम्बन्धी विधेयक संसदमा दर्ता गरेको छ।