Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

केन्द्रीय कार्यसमिति बैठक : देउवाविरुद्ध सानेपामा प्रदर्शन

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकअघि नेता शेखर कोइराला पक्षका तरुण र विद्यार्थीहरुले नाराबाजी गरेका छन् ।

उनीहरुले सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्व विभिन्न नाराहरु लेखिएका प्ले-कार्डसहित प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले प्रधानमन्त्री देउवाको गाडीलाई कांग्रेस कार्यालय परिसर प्रवेशमा अवरोध पुर्‍याएपछि प्रहरीसँग धकेलाधकेल भएको छ ।

तरुण र विद्यार्थीहरुले भ्रातृ संस्थामा एकलौटी नियुक्ति गरेको तथा अध्यक्षमात्रै नियुक्त गरेर अपूरो बनाएको, महाधिवेशन सकिएको छ महिना बितिसक्दा पनि पार्टीका विभागहरु गठन नगरेको तथा विधानबमोजिमका अन्य कामहरु पूरा नगरेको भन्दै विरोध गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077