Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोइराला पक्षधर कार्यकर्ताको नारावाजी - हामी केही जान्दैनौ, एकाधिकार मान्दैनौ

काठमाडौं । पार्टीका भ्रातृ संगठनहरूमा सभापति शेरबहादुर देउवाले एकलौटी गरेको भन्दै शेखर कोइराला पक्षधर कांग्रेस कार्यकर्ताले सोमबार केन्द्रीय कार्यालयमा विरोध प्रदर्शन गरेका छन् ।

पार्टी केन्द्रीय कमिटी बैठक बस्न लागेका बेला पार्टी विधान पूर्ण पालनाको माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले ‘हामी केही जान्दैनौ, एकाधिकार मान्दैनौ’ भन्ने नाराबाजी गरेका छन् ।

नेविसंघका विद्यार्थीहरूले परिवर्तनकारी विधान कार्यान्वयनको माग राख्दै भ्रातृ संस्थाको तत्काल वैधानिक पूर्णता र न्यायपूर्ण प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग अघि सारेका छन् ।

प्रदर्शनमा नेविसंघ, तरुण दल, दलित संघ लगायतका भ्रातृ संगठनका प्रतिनिधिहरू सहभागी थिए । प्रदर्शन रोक्न पार्टी कार्यालय परिसरमा ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077