Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पार्टीलाई विधि र विधानअनुसार चलाउन देउवामाथि दबाब बढाउँदै इतर समूह

काठमाडौं । नेपाली कांग्रेसभित्रको संस्थापनइतर समूहले सभापति शेरबहादुर देउवामाथि दबाब बढाउने नीति लिएको छ ।

आइतबार राजधानीको विशालनगरमा कांग्रेसभित्र इतर समूहको नेतृत्व गरेका डा. शेखर कोइराला समूहको छुट्टै बैठक बसेको थियो । सो बैठकले पार्टीलाई विधि र विधानअनुसार चलाउन सभापति शेरबहादुर देउवामाथि निरन्तर दबाब जारी राख्ने निर्णय गरेको हो ।

कांग्रेसको केन्द्रीय समिति बैठक आज सोमबारबाट बस्दै छ । केन्द्रीय समिति बस्ने अघिल्लो दिन इतर समूहले बैठकमा उठाउने विषयमा रणनीतिसमेत बनाएको छ । इतर समूहले बैठकमा सरकारको काम, कारबाही गम्भीर समीक्षा गर्ने एजेन्डा तय गरेको छ ।

संस्थापन समूहले भने बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा र आगामी निर्वाचनको विषयलाई एजेन्डा बनाएको छ ।

पार्टी नेतृत्वको सरकारमाथि भ्रष्टाचारको आरोप लागेकाले केन्द्रीय समिति बैठकमा सरकारको कामकारबाही गम्भीर समीक्षा गर्ने विषयमा छलफल भएको नेता चन्द्र भण्डारीले जानकारी दिए । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077