काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले आफ्ना मन्त्रीसँगको भेटघाटको समय निर्धारण गरेको छ ।
पार्टी केन्द्रीय कार्यालयका सचिव गंगालाल तुलाधरले आफ्नो पार्टीबाट सरकारमा मन्त्री भएकाहरुको भेट्ने समय तालिका सार्वजनिक गरेका हुन् ।
जसअनुसार पर्यटनमन्त्री जीवनराम श्रेष्ठसँग आइतबार र शुक्रबार, स्वास्थ्यमन्त्री भवानी खापुङसँग सोमबार, श्रममन्त्री शेरबहादुर कुँवरसँग मंगलबार, सहरी विकासमन्त्री मेटमणि चौधरीसँग बुधबार, स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीसँग बिहीबार तोकिएको छ ।
सबै मन्त्रीलाई भेट गर्ने समय दिउँसो २ देखि ३ बजेसम्म तोकिएको पार्टी केन्द्रीय कार्यालयका सचिव तुलाधरले जानकारी दिए ।