Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमसीसीको १२ बुँदे व्याख्यात्मक घोषणाबारे अमेरिकाको धारणा माग्ने माओवादीको निर्णय

काठमाडौं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पारित गर्दा भएको १२ बुँदे घोषणाबारे अमेरिकासँग स्पष्ट धारणा माग गर्दै पत्र लेख्ने निर्णय गरेको छ ।

पार्टीको गत असार १९ देखि २३ सम्म बसेको केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । गत फागुनमा एमसीसी सम्झौता प्रतिनिधि सभाबाट अनुमोदन हुँदा १२ बुँदे व्याख्यात्मक घोषणा पनि पारित गरिएको थियो ।

‘नेपालको संघीय संसदबाट एमसीसी सम्झौता अनुमोदन गर्दा १२ बुँदे व्याख्यात्मक घोषणा सहित गरिएको थियो र उक्त घोषणा अमेरिकाले स्विकार नगरेको खण्डमा एमसीसी सम्झौता स्वतस् खारेज हुने व्याख्या संसद्‌मा नै गरिएको थियो। तर एमसीसी अमेरिकाले अहिलेसम्म १२ बुँदे घोषणाका बारेमा कुनै प्रतिक्रिया दिएको देखिएको छैन। तसर्थ नेपाल सरकारले यथाशीघ्र एमसीसी अमेरिकासँग १२ बुँदे घोषणाको सम्बन्धमा उसको धारणा स्पष्ट गर्न माग गर्दै पत्र लेख्नुपर्छ’, निर्णयमा भनिएको छ।

त्यस्तै, एसपीपीलाई सरकारले अघि नबढाउने निर्णय गरेको भन्दै राष्ट्रिय सार्वभमिकता एवं हितका सम्बन्धमा सही निर्णय गरेको माओवादी केन्द्रको ठहर छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077