Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपालमा चीन विरोधी कुनै पनि गतिविधि नहोस्: लिउ, देउवा भन्छन् - नेपाल एक चीन नीतिमा प्रतिबद्ध छ

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेका छन् । प्रधानमन्त्री देउवालाई भेट्न जियान्चाओ बालुवाटार पुगेका हुन् ।

भेटमा जियान्चाओले नेपाली भूमिमा कुनै पनि चीनविरोधी घटना नहोस् भन्ने चीनले चाहेको प्रस्ट पारेका छन् । प्रधानमन्त्री देउवाले लिउलाई आफूले नै नेपालमा रहेको दलाई लामाको कार्यालयलाई बन्द गराएको स्मरण गराएका थिए ।

देउवाले लाजिम्पाटमा रहेको दलाई लामाको नेपालस्थित कार्यालय बन्द गराएका थिए । जवाफमा लिउले त्यसको लागि देउवालाई विषेश धन्यवाद दिएर उक्त निर्णयको प्रशंसा गरे ।

प्रधानमन्त्री देउवाले नेपाल असंलग्न राष्ट्र रहेको र कुनै पनि सैन्य गठबन्धनमा सामेल नहुने बारेमा प्रष्ट पारेका थिए ।

सीपीसीका विदेश विभाग प्रमुख लिउ चार दिने भ्रमणका लागि आज आइतवार बिहान काठमाडौं आएका हुन् । लिउ जियान्चाओले राष्ट्रपति विद्यादेवी भण्डारी, अन्य दलका अध्यक्षलगायत नेतासँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077