Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

माओवादी अध्यक्ष प्रचण्डले भने - वाम-लोकतान्त्रिक शक्तिहरू एकीकृत र केन्द्रीकृत हुन जरूरी छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम-लोकतान्त्रिक शक्तिहरू एकीकृत र केन्द्रीकृत हुन जरूरी रहेको बताएका छन् ।

मुस्लिम समुदायको पर्व बकर इद (इद–अल–अधा) को अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै प्रचण्डले वैज्ञानिक समाजवादको यात्रातिर देशलाई डोहोर्‍याउन परिवर्तनकारी वाम(लोकतान्त्रिक शक्ति एकीकृत र केन्द्रीकृत हुनुपर्ने बताएका हुन् ।

‘मुलुकको राष्ट्रिय स्वाधिनताका लागि जनयुद्ध र जनआन्दोलनका बलमा हासिल भएका उपलब्धिहरूको रक्षा गर्दै वैज्ञानिक समाजवादको यात्रातिर देशलाई डोहोर्‍याउन परिवर्तनकारी वाम–लोकतान्त्रिक शक्तिहरु एकीकृत र केन्द्रीकृत हुन जरुरी छ,’ उनले भने।

आज बकर इदमा शुभकामना दिँदै प्रचण्डले यस पर्वले सम्पूर्ण नेपाली जनसमुदायमा सामाजिक सहिष्णुताको भावना विकास गरी समून्नत नेपाल निर्माणका लागि अग्रसर हुन प्रेरित गरोस् भन्दै शुभकामना व्यक्त गरेका छन्।

भाइचारा र पारिवारिक मिलनको रुपमा मनाइने इस्लाम धर्मावलम्बीहरुको यस पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी मित्रतालाई प्रगाढ बनाई राष्ट्र निर्माण र राष्ट्रिय एकता सुदृढ गर्ने विश्वास लिएको बताए । उनले यसप्रकारका चाडपर्वहरूको सम्वर्द्धन र प्रवर्द्धन गर्नु साझा दायित्व रहेको पनि बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077