Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

घरायसी विवादमा श्रीमतीको हत्या

पाँचथर । आफ्नै श्रीमती ३५ वर्षीया निला राईलाई कुटपिट गरी हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन्।

पक्राउ पर्नेमा फिदिम नगरपालिका-१४ बुर्दुम बस्ने ४० वर्षीय राज कुमार राई रहेका छन्। उनलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो।

राज कुमारले घरायसी वादविवादको क्रममा असार १७ गते कुटपिट गर्दा गम्भीर घाइते भएकी निलाको विर्तासिटी अस्पताल विर्तामोडमा उपचारको क्रममा शुक्रबार मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी तमाखे रानिटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077