Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादी स्थायी समितिको बैठक बस्दै, यी हुन् एजेन्डा

काठमाडौं । नेकपा माओवादी केन्द्रको नवगठित स्थायी समितिको बैठक आज बस्ने भएको छ ।

बिहान ८ बजेपछि अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बैठक बस्न लागेको हो ।

बिहीबार सम्पन्न केन्द्रीय समितिबाट माओवादीले ४१ सदस्यीय स्थायी कमिटी गठन गरेको थियो ।

बैठकमा अखिल क्रान्तिकारीमा देखिएको विवाद, जनवर्गीय संगठनको पूर्णतालगायतका विषयमा छलफल बताइएको छ ।

यस्तै पदाधिकारी चयनका विषयमा पनि बैठकमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077