Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अख्तियारद्वारा जोखिमयुक्त कार्यालयमा विशेष निगरानी, सरकारी कार्यालयमा भ्रष्टाचार बढ्यो

काठमाडौं । सरकारी कार्यालयमा भ्रष्टाचार बढेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जोखिमयुक्त कार्यालयमा विशेष निगरानी (इन्टेलिजेन्स) टोली परिचालन तीव्र बनाएको छ ।

अख्तियारका अनुसार प्राप्त उजुरीका आधारमा गतभन्दा यो वर्ष भ्रष्टाचारक्रम केही बढेको छ । भ्रष्टाचार दर बढेसँगै विभिन्न सरकारी कार्यालयमा विशेष निगरानी (इन्टेलिजेन्स) टोली परिचालन तीव्र बनाइएको अख्तियार प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

अख्तियारका अनुसार चालू आर्थिक वर्ष जेठ मसान्तसम्म विभिन्न मन्त्रालय र मातहतका कार्यालयअन्तर्गत १४ हजार ५ सय ८४ उजुरी परेको छ । जबकि, गत वर्ष यस अवधिमा १४ हजार मात्रै उजुरी परेका थिए ।

अख्तियारका अनुसार चालू आर्थिक वर्षको २४ असारसम्मको अवधिमा १ सय २३ भ्रष्टाचार मुद्दा दायर गरिएको छ । चालू आर्थिक वर्षमा २ सय ९८ कर्मचारी कारबाहीमा परेका छन् । उनीहरूविरुद्ध भ्रष्टाचारमा मुद्दा दायर गरिएको हो ।

यसैगरी, सो अवधिमा १ सय ४६ जनप्रतिनिधि, पा“च बिचौलिया र ४६ व्यवसायीविरुद्ध पनि मुद्दा दायर गरिएको छ । ‘उजुरी गर्नेक्रममा केही वृद्धि भएसँगै भ्रष्टाचार केही बढेको देखिन्छ, त्यसैले पनि भ्रष्टाचार रोक्न निगरानी टिम सक्रिय पारेका छौं,’ अख्तियार प्रवक्ता भण्डारीले भने । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077