Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गंगादेव गाउँपालिकाका इञ्जिनियर घुससहित रंगेहात पक्राउ

रोल्पा । रोल्पामा एक इञ्जिनियर घुस रकमसहित पक्राउ परेका छन् । जिल्लाको गंगादेव गाउँपालिकाका इञ्जिनियर नवीन डाँगी ५० हजार घुस रकमसहित शुक्रबार दिउँसो रंगेहात पक्राउ परेका हुन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको सम्पर्क कार्यालय नेपालगञ्जबाट गएको टोलीले वलीलाई घुस रकमसहित नियन्त्रणमा लिएको हो ।

अख्तियारले जारी गरेको विज्ञप्तिमा मोटरबाटो निर्माण योजनाको नापी किताब, बिल तयार पारिदिएबापत सेवाग्राहीसँग इञ्जिनियर डाँगीले उक्त घुस रकम मागेका थिए ।

उनलाई सेवाग्राहीसँग घुस रकम लिइरहेको बेलामा गंगादेव– २ स्वाथ्य शाखाको भवनमा रहेको निवासबाट नियन्त्रणमा लिइएको बताइएको छ । इञ्जिनियर डाँगी माथि थप अनुसन्धान जारी रहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077