Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काठमाडौं महानगरपालिकाको बजेट संशोधनसहित पारित

काठमाडौं । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट संशोधनसहित पारित भएको छ ।

शुक्रबारको नगरसभाबाट आर्थिक वर्ष २०७९/८० को बजेट पारित भएको हो । महानगर प्रमुख बालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट संशोधनसहित सर्वसम्मतिले पारित भएको घोषणा गरेका हुन् ।

शुक्रबार बसेको महानगरको नगरसभामा सदस्यहरुले सुझाव पेस गरेका थिए । उनीहरुले फोहोरमैला व्यवस्थापन, ढल व्यवस्थापन, वृद्धभत्ता, सडक लगायतका विषयमा कुरा उठाएका थिए।

काठमाडौं महानगरपालिकाले गत असार १० गते २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँ विनियोजन गरेको थियो । तीन चरणमा छलफल भएपछि संशोध सहित बजेट सर्वसम्मत पारित भएको महानगरले जनाएको छ ।

वडाबाट छलफलविना बजेट पारेको भन्दै नगरसभा सदस्यहरुले मेयर बालेन्द्र साहको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077