Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादीले बोलायो स्थायी समिति बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रले शनिवार बिहान ८ बजे स्थायी समिति बैठक बोलाएको छ ।

स्थायी समिति निर्वाचित भएपछि पहिलोपटक प्रचण्ड निवास खुमलटारमा बैठक बोलाएको एक नेताले बताए ।

बैठकमा अखिल क्रान्तिकारीमा देखिएको विवादका विषयमा छलफल हुने एक नेताले बताए ।

अखिल क्रान्तिकारीमा पञ्चा सिंह नेतृत्वको कमिटीले पूर्णता पाएपनि पवन कार्की पक्षले समानान्तर कमिटी बनाएपछि स्थायी समिति बैठकमा छलफल हुने भएको हो ।

त्यसका लागि एउटा कमिटी नै बनाएर विवाद समाधान गरिने भएको छ । यस्तै स्थानीय चुनावमा अन्तर्घात गरेको विषयमा छानविन गर्न अनुशासन आयोगका अध्यक्ष टंक राईको नेतृत्वमा कमिटी बनाएको छ ।

सोही कमिटीले समेत पूर्णता पाउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077