Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दलहरुको बीचमा सहमति गरेर नयाँ नागरिकता विधेयक ल्याउँछौं : बालकृष्ण खाँण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले तुरुन्तै नागरिकता विधेयक ल्याइने बताएका छन् ।

संसदमा विचाराधीन नागरिकता विधेयक फिर्ताको प्रस्तावमाथि छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै उनले भने, ‘दलहरुको बीचमा सहमति गरेर नयाँ विधेयक ल्याउँछौं ।

नयाँ विधेयक ल्याएर जतिसक्दो छिटो पास गराउने उद्देश्यले सरकारले बिचाराधीन विधेयक फिर्ता लिएको हो ।’

बिचाराधीन विधेयकमा रहेका विवादित विषयहरु कायमै राखेर अगाडि बढाउन भन्दा फिर्ता लिएर नयाँ विधेयक ल्याउँदा सहज हुने र दलीय सहमति जुटाउन पनि सहज हुने भएकाले सरकारले बिचारधीन नागरिकता विधेयक फिर्ता लिएको उनको प्रष्टीकरण छ ।

पहिलो संविधानसभाले संविधान बनाउन नसके पनि दोस्रो संविधानसभाले संविधान बनाएको उल्लेख गर्दै उनले संविधान अनुसार कानुन बनाउन भनेर तत्कालीन सरकारले विधेयक ल्याएको भए पनि त्यसलाई अगाडि बढाउन नसकेको, तत्कालीन सरकारले अध्यादेश ल्याएको त्यो पनि केही दिन कार्यान्वयन भएर रोकिएको उल्लेख गर्दै उनले अब फिर्ता लिएर नयाँ ल्याउँदा भने कानुन बन्ने दृढ विश्वास रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077