Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नागरिकता बस र सिनेमाको टिकट बाँडे जस्तो बाँड्ने हैन : नेता सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले बस र सिनेमाको टिकट जस्तो नागरिकता बाँड्न नहुने बताएका छन् ।

नागरिकता विधेयक फिर्ता लिने सरकारको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले भने, सबै नेपालीले नागरिकताको प्रमाणपत्र पाउनु पर्छ, यसको अर्थ बसको टिकट र सिनेमाको टिकट बाँडे जस्तो बाँड्ने हैन ।’

उनले नागरिकता समस्या समाधानका लागि भारतसँगको खुला सीमा बन्द गर्नु पर्ने बताए । सुवालले भने, ‘नेपाली सेनाले पनि सीमा बन्दको प्रस्ताव गरेको छ ।’

उनले सीमा बन्द गर्न ४७ अर्ब रुपैयाँ लाग्ने पनि बताए । ‘असार लागेपछि दिनमै २०–२२ अर्ब रुपैयाँ विकास खर्च भइरहेको छ, यो हिसाबले त दुई दिनको खर्चले त सीमाका काँडेतार लगाउन सकिने रहेछ नि ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077