Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • साताको अन्तिम दिन ३४.७१ अंकले घट्यो नेप्से

    साताको अन्तिम दिन ३४.७१ अंकले घट्यो नेप्से

    अनलाइन नेपाल
  • शुक्रबार, २४ असार २०७९
  • 828
    SHARES

    फाइल फोटो

    काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचकमा गिरावट आएको छ। शुक्रबार नेप्से परिसूचक ३४.७१ अंकले घटेर १९९२.६१ बिन्दुमा झरेको हो।

    त्यस्तै,सेन्सेटिभ इण्डेक्स ५.६१ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.५० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२८ अंकले घटेको छ। कारोबारमा आएका २१७ कम्पनीको ३० लाख ६३ हजार कित्ता शेयर १ अर्ब १६ करोड ८४ लाख ५१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।



    शुक्रबार नेप्सेका १३ वटै उपसमूहको परिसूचक घटेका छन्। जसमध्ये वित्त, होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ।



    विकास बैंक, जलविद्युत्, लगानी र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी र बैंकिङ, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ। साढे ५ करोडभन्दा बढीको कारोबार शिवम् सिमेन्ट्स कम्पनीले गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार