काठमाडौं । स्थायी कमिटी र पोलिटब्युरो गठन गर्दै नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सम्पन्न भएको छ ।
माओवादीले स्थायी कमिटी ४१ जनाको गठन गरेको छ । यस्तै पोलिटब्युरो १५६ जनाको बनाइएको छ । माओवादीले पदाधिकारीको भने टुंगो लगाउन सकेन ।
अध्यक्ष प्रचण्डले २–४ दिन थप होमवर्क गर्नुपर्ने भएकाले यो बैठकबाट पदाधिकारीको टुंगो लगाउन नसकिएको जानकारी दिए ।
माओवादीले पार्टीको विधानअनुसार ४१ जनाको स्थायी कमिटी गठन गरेको छ । स्थायी कमिटीमा रहनेमा पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, गणेश शाह, गिरिराजमणि पोखरेल, चक्रपाणि खनाल, जनार्दन शर्मा, देव गुरुङ, देवेन्द्र पौडेल, पम्फा भुसाल, वर्षमान पुन, मात्रिका यादव, लीलामणि पोखरेल, शक्तिबहादुर बस्नेत, हरिबोल गजुरेलसहित केन्द्रीय कार्यालय सचिव, पार्टी मातहतका आयोगका अध्यक्षलगायत रहेका छन् ।
यस्तै पोलिटब्युरोमा रहनेमा प्रचण्डसहित नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, शक्ति बस्नेत, जनार्दन शर्मा, चक्रपाणि खनाल, पम्फा भुसाल, हितमान शाक्य, कुलप्रसाद केसी, मातृका यादव, जयपुरी घर्ती, लीलामणि पोख्रेल, दिनानाथ शर्मा, हितराज पाण्डे, विश्वनाथ साह, डिलाराम आचार्य, सन्तु दराई, गणेशमान पुन, हितबहादुर तामाङ, जगप्रसाद शर्मा अपार रहेका छन् ।
यस्तै शशी श्रेष्ठ, सोना सुवेदी,जयपुरी घर्ती, ओनसरी घर्ती, यशोदा सुवेदी, अमृता थापा, झक्कु सुवेदी,कमला रोका, नारायण दाहाल, प्रह्लाद बुढाथोकी, महेश्वर गहतराज, परशुराम तामाङ, रामेश्वर राय, उर्मिला अर्याल,सत्या पहाडी, गणेशमान पुन, सावित्रि काफ्ले, सूर्य सुवेदी, सुनिल मानन्धर, सन्तकुमार चौधरी, नेपबहादुर चौधरी,परशुराम रम्तेल, दलजीत श्रीपाइली,कुलप्रसाद केसी, जोखबहादुर महरा, हितबहादुर तमाङ, हरि अधिकारी, जगप्रसाद शर्मा (अपार), मायाप्रसाद शर्मा, कालीबहादुर मल्ल, सीता खकुरेल, नारायणी शर्मा, हकिकुल्ला खाँ, महेश्वर पासवान, महेन्द्रबहादुर शाही, नरेश भण्डारी, राजुकमार, सुरेश आलेमगर, टेकबहादुर बस्नेत रहेका छन् ।