Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मन्त्री पदबाट राजिनामा दिएर शर्माले षडयन्त्र गर्नेहरुलाई जवाफ दिए : प्रचण्ड

काठमाडौं । मन्त्री पदबाट राजीनामा दिएर नेता जनार्दन शर्माले षडयन्त्र गर्नेहरुलाई जवाफ दिएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल 'प्रचण्ड'ले बताएका छन् ।

केन्द्रीय समिति बैठकमा बोल्दै अध्यक्ष 'प्रचण्ड'ले संसदमा कुरा उठेपछि शर्माले प्रष्ट कुरा राखेर संसदमा नैतिकता प्रदर्शन गरेको  बताए । करको दर हेरफेरमा अनधिकृत व्यक्तिलाई समावेश गरेपछि मन्त्री शर्माको चर्को विरोध भएपछि बुधबार राजीनामा घोषणा गरेका थिए ।

असार १९ गते सुरु भएको केन्द्रीय कमिटी बैठक दुई दिन स्थगित भएर बिहीबार बसेको हो । माओवादीमा एक वरिष्ठसहित ६ उपाध्यक्ष, एक महासचिव, २ उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्षसहितका पदाधिकारी चयन बाँकी रहेको छ ।

बिहीबारको बैठकमा पदाधिकारीसहित स्थायी कमिटी र पोलिटब्युरोको टुंगो लगाउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077